दफा ४
बोर्ड संगठित संस्था हुने
(१) बोर्ड अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) बोर्डको काम कारवाहीका निमित्त एउटा छुट्टै छाप हुनेछ ।
(३) बोर्डले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) बोर्डले व्यक्ति सरह आफ्नो नामबाट नालिश उजूर गर्न र बोर्ड उपर पनि सोही नामबाट नालिश उजूर लाग्न सक्नेछ ।